Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बुटवलमा घोषणा नहुँदै कांग्रेस र एमालेको विजय जुलुस, २५ वर्षपछि कांग्रेसको पुनरागमन

    बुटवलमा घोषणा नहुँदै कांग्रेस र एमालेको विजय जुलुस, २५ वर्षपछि कांग्रेसको पुनरागमन

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय विजयी भएका छन् ।

    २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेले यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ३० हजार १३० मत पाएर निर्वाचित हुँदा एमालेका भट्टराईले २२ हजार ५९७ मत पाएका छन् ।



    मतगणना बाँकी हुँदै मेयर र उपमेयरका समर्थकहरुले विजयी जुलुस निकालिसकेका थिए । मेयरमा पाँच दलीय गठबन्धनका उम्मेदवार काँग्रेसका पाण्डेय तथा उपमेयरमा एमालेकी सावित्रा आर्यलका समर्थकहरुले विजयी जुलुस निकालेका हुन् ।



    मतगणना अन्तिम चरणमा आइपुग्दा दुवैको अग्रता गन्न बाँकी रहेको मतभन्दा बढी भएपछि विजय उत्सव सुरु भएको हो ।

    नेपाली कांग्रेसका बुटवल नगरसभापति समेत रहेका पाण्डेयलाई सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

    पाण्डेयको यो जितसंगै बुटवलको नेतृत्वमा २५ वर्षपछि कांग्रेसले पुनरागमन गरेको छ । बुटवलमा २०५४ सालयताका सबैजसो चुनावमा नेकपा एमालेले जित्दै आएको थियो ।

    नेकपा एमालेको विभाजन, राष्ट्रिय राजनीतिमा आएको फेरबदलसंगै बनेको ५ दलीय गठबन्धन र उम्मेदवार पाण्डेय निरन्तर जनताको घरदैलोमा पुग्ने बानी, सरल व्यवहार र व्यक्तिगत लोकप्रियताका कारण बुटवलमा एमालेको २५ वर्षे एकछत्र राज ढलेको विश्लेषण गरिएको छ ।

    उपमेयरमा भने एकीकृत समाजवादीका चिनबहादुर गुरुङलाई सात हजार ९२२ मतले पराजित गर्दै अर्याल निर्वाचित भएकी हुन् । अर्यालले २४ हजार ९०४ मत पाएर निर्वाचित हुँदा गुरुङले १६ हजार ९८० मत पाएका छन् ।

    बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नं १०, ११, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार