Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • विराटनगर मतगणना : उपमेयरले पाएको मत भन्दा बदर मत बढी

    विराटनगर मतगणना : उपमेयरले पाएको मत भन्दा बदर मत बढी

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा कार्की निर्वाचित भएका छन् ।

    विराटनगरमा उपमेयरमा निर्वाचितले पाएको भन्दा बदर मत बढी भेटिएको छ ।



    उपमेयरमा निर्वाचित एमाले उम्मेदवार शिल्पा कार्कीले २५ हजार ६८० मत पाएकी छन् भने उपमेयर पदमा मात्रै ३४ हजार १६७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



    एक लाख ३३ हजार १४२ मतदाता रहेको विराटनगरमा ८९ हजार ३७८ मत खसेको थियो । जसमध्ये मेयरमा ६८ हजार ३६ र उपमेयर पदमा ५५ हजार २२९ मत सदर भएको थियो ।

    मेयरमा २१ हजार ३५८ र उपमेयरमा ३४ हजार १६७ मत बदर भएको छ । उपमेयर पदमा बदर भएको मत करिब ३८ प्रतिशत हो । मेयरमा करिब २४ प्रतिशत मत बदर भएको छ ।

    २०७४ सालको स्थानीय निर्वाचनमा विराटनगरको मेयर– उपमेयरमा २४ प्रतिशत मत बदर भएको थियो ।

    मेयरमा निर्वाचित नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरे । एमालेका उम्मेदवार सागर थापाले २१ हजार ४५५, स्वतन्त्र उम्मेदवार उमेश यादवले आठ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले ५२१६ मत पाए ।

    उपमेयरमा कार्कीले २५ हजार ६८० मतसहित निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका जसपा उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २१९, राप्रपा उम्मेदवार विन्दा लुइँटेलले ६ हजार ४०१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले पाँच हजार ११७ मत पाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार