Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भरतपुरमा ३३ हजार ८३४ मत गणना बाँकी हुँदा कसले कति मत ल्याए ?

    भरतपुरमा ३३ हजार ८३४ मत गणना बाँकी हुँदा कसले कति मत ल्याए ?

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    चितवन – भरतपुर महानगरपालिकामा ३३ हजार ८ सय ३४ मत गणना बाँकी हुँदा नेकपा माओवादीकी मेयर उम्मेदवार रेनु दाहालले ३६ हजार ७ सय ९७ मत प्राप्त गरेकी छन् ।

    नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २८ हजार ८ सय २१ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार १ सय ८८ मत ल्याएका छन् ।



    त्यस्तै नेपाली कांग्रेसका उपमेयर चित्रसेन अधिकारीले ३८ हजार ८ सय ९१ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले २२ हजार ७ सय ७७२ मत ल्याएका छन् ।



    महानगरमा २९ वडा छन् । निर्वचनमा कूल मत १ लाख २७ हजार ५ सय ६६ मत खसेका छन् । कूल मतदाताको ६८ दशमलव ६८ प्रतिशत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार