Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ललितपुर महानगर : ६३ हजार ८२६ मतगणना सकियो, चिरिबाबु ३२ हजार मत लिएर अगाडि

    ललितपुर महानगर : ६३ हजार ८२६ मतगणना सकियो, चिरिबाबु ३२ हजार मत लिएर अगाडि

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 927
    SHARES

    काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकामा अहिलेसम्म ६३ हजार ८२६ मतगणना सकिएको छ ।

    पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार चिरिबाबु महर्जनको ३२ हजार ३७८ मतसहित अग्रता कायमै छ ।



    नेकपा (एमाले)का उमेदवार हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत ल्याएका छन् ।



    उपप्रमुखमा एमालेकी मन्जली शाक्य १८ हजार ३०९ मतसहित अगाडि छिन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार बाबुराज बज्राचार्यले १३ हजार ४७२ मत पाएका छन् ।

    अब ललितपुर महानगरमा २२ हजार ३५ मतगणना गर्न बाँकी छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार