Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रति कामदार २ हजार उठाएर करोडौं कुम्लाएका कैलाश श्रेष्ठविरुद्ध आफ्नै पार्टनरले हाले राजश्वमा उजुरी, बंगलादेशमा पनि सिन्डिकेट लाद्ना अमिनसँग साँठगाँठ

    प्रति कामदार २ हजार उठाएर करोडौं कुम्लाएका कैलाश श्रेष्ठविरुद्ध आफ्नै पार्टनरले हाले राजश्वमा उजुरी, बंगलादेशमा पनि सिन्डिकेट लाद्ना अमिनसँग साँठगाँठ

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने नाममा सिन्डिकेट लादेर करोडौं आर्जन गर्दै आएका कैलाश खड्काबिरुद्द राजस्व अनुसन्धान बिभागमा पनि उजुरी दर्ता भएको छ ।

    मलेसिया रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य ब्यवसायीहरुको छाता संस्था नेपाल स्वास्थ्य ब्यवसायी महासंघका अध्यक्ष समेत रहेका खड्काविरुद्ध आफ्नै कम्पनीका सञ्चालकहरुले मुद्दा दर्ता गरेका हुन् ।



    महासंघका पूर्व महासचिव, कोषाध्यक्ष एबं मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नको लागि खोलिएको उनकै कम्पनी म्याक्रो टेक प्रालिका संचालकहरु मुकुन्द भट्टराई र शालिकराम क्षेत्रीले खड्काविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।



    उनीहरुले ५ करोड ६० लाख ठगी गरेको र मलेसियाको बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा बेस्टिनेट कम्पनीको नाम लिई स्वास्थ्य ब्यवसायीहरुसँग अर्बौ ठगी गर्दै आएको उल्लेख गरी उजुरी दर्ता गराएका छन् ।

    त्यतिमात्र होइन, खड्काले कतिपय कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गरिसकेपनि मेडिक रिपोर्ट दिन ढिला गरिरहेका छन् । बंगलादेशी मूलका मलेसियन नागरिक अमिनसँग मिलेर बंगलादेशमा पनि बायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि आफू अनुकुल सिन्डिकेट लागू गराउन नेपाली कामदारहरुको रिपोर्ट ढिलो दिने गरेको नेपाल स्वास्थ्य ब्यवसायी महासंघमा आवद्ध संस्थाहरु नै दावी गर्छन् ।

    नेपालले समयमै काम गर्न नसकेको रिपोर्ट मलेसिया पुर्याएर बंगलादेशमा पनि नेपालकै शैलीमा सिन्डिकेट लागु गरेर स्वास्थ्यसंस्था सञ्चालन गर्न खड्का र अमिनले चालबाजी गरिरहेको स्वास्थ्य व्यवसायीहरुको आरोप छ ।

    कोभिड–१९ महामारी सुरु हुनुअघि कलिङ भिसा लागेका करिब ५० हजार कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गरिसकिएको छ । तर, कतिपयको रिजल्ट भने आएको छैन । ती ५० हजार कामदारसँग ब्यवसायीहरुले स्वास्थ्य परीक्षणबापत प्रतिब्यक्ति ७ हजार ६ सय ६५ रुपैयाँ शुल्क लिने गरेका छन् ।

    त्यसमा स्वास्थ्य परीक्षणबापत ४ हजार ५ सय रुपैयाँ र ३ हजार १ सय ६५ रुपैयाँ मेडिकलबापत मलेसियालाई दिनुपर्ने शुल्क भनेर लिइन्छ । यो ३ हजार १ सय ६५ रुपैयाँ कैलाश खड्का नै संचालक रहेको म्याक्रोटेक प्रालिमा जान्छ ।

    बाँकी ४ हजार ५ सय रुपैयाँमा पनि खड्काले २ हजार घुसबापत भनेर मागेपछि ब्यवसायीले जम्मा २ हजार ५ सय मात्र पाउँदै आएका छन् । कार्यालय भाडा, स्वास्थ्य उपकरण खरिद गर्दा लिएको बैंकको ब्याज लगायत तिर्न समेत नपुग्ने भन्दै ब्यवसायीहरु गत चैतमै बिरोधमा उत्रिए पनि उनलाई कसैले कारबाही गर्न सकेको छैन ।

    घुस वापतको २ हजार रुपैयाँलाई लिएर चैतमा भएको महासंघको बैठकमा ब्यवसायीबीचमै हात हालाहालको अवस्था सृजना भएको थियो । महासंघमा आवद्ध ३६ वटै संस्थाका सञ्चालकहरुसँग खड्काले प्रतिकामदार २ हजार रुपैयाँ मागेपछि विवाद शुरु भएको थियो ।

    खड्काले बंगलादेशी मूलका मलेसियन नागरिक अमिन र नेपालका सम्बन्धित निकायलाई घुस बुझाउनुपर्छ भन्दै खुलमखुल्ला घुस वापतको रकम उठाउँदै आएका छन् । तर, उनले त्यो पैसा कसलाई बुझाउँछन् भन्ने अहिलेसम्म खुलेको छैन ।

    त्यसैले पनि उनकै कम्पनीमा सञ्चालक रहेका मुकुन्द भट्टराई र पूर्वसञ्चालक शालिकराम क्षेत्री समेतले राजश्वमा उजुरी दर्ता गराएको बताएका छन् । भट्टराइ नेपाल स्वास्थ्य ब्यवसायी महासंघका पुर्व महासचिव र कोषाध्यक्ष समेत हुन् । आफ्नै पार्टनरले राजश्वमा उजुरी दर्ता गराएपछि खड्का अहिले लुकेर बसेको स्रोतको दावी छ ।

    मेडिकल गर्ने स्वास्थ्य संस्थाहरुले पाउने ४ हजार ५ सय रुपैयाँमा २ हजार घुस मागेपछि ब्यवसायीहरुले जम्मा २ हजार ५ सय मात्र पाउने गरेका छन् । जसका कारण उनीहरु एकीकृत भएर खड्काको मनोमानीबिरुद्द ऊत्रिएका हुन । धेरै ब्यावसायीहरुले स्वास्थ्य परीक्षणबापत ४ हजार ५ सय रुपैयाँको बिल काटे पनि राजस्व भने आफूहरुले प्राप्त रकम २ हजार ५ सयको मात्र तिर्ने गरेका छन् । जसले गर्दा खड्काकै कारण राजश्वमा समेत कमी आएको छ ।

    राजश्व छली गर्दे आएका अध्यक्ष खड्काले ब्यावसायीसँग २००० को दरले उठाएको करोडौ रुपैयाँको कतै पनि केहि हिसाव नदेखाएको उनकै पार्टनर भट्टराईले बताउँदै आएका छन् ।

    खड्काले प्रति कामदार २ हजार घुस नदिनेको स्वास्थ्य संस्थाहरुको अनुमतिपत्र खारेज गरिदिने धम्की दिएका कारण लामो समयदेखि स्वर्णिम मेडिकल र हिमालयन मेडिकल बन्द रहेका छन् ।

    खड्काले मलेसिया जाने कामदारको बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नका लागि ३६ वटा संस्थाको सिन्डिकेट बनाई महासंघ खडा गरेका थिए । महासंघले बायोमेट्रिक शुरु गरेदेखिको अध्यक्ष उनै खड्का छन् ।

    उनले बालुवाटार (आरजु राणा), खुमलटार (प्रचण्ड) र बालकोट (केपी शर्मा ओली) लाई दिनुपर्छ भनेर विगत ५ बर्षदेखि ३६ संस्थाबाट प्रतिकामदार २ हजारका दरले उठाउने गरेका छन् । तर, अहिले उनले अमिनलाई पनि दिनुपर्छ भन्न थालेको व्यवासायीहरु बताउँछन् ।

    खड्कामाथि बालुवाटार (आरजु राणा), खुमलटार (प्रचण्ड) र बालकोट (केपी शर्मा ओली) लाई बुझाउन भनेर यसअघि डेढ अर्ब रुपैयाँ उठाएर खाएको आरोप छ । २०७० सम्म सामान्य आर्थिक हैसियत पनि नभएका कैलाश खड्का अहिले अरब भन्दा बढी सम्पत्तिका मालिक बनेका छन् ।

    सिनामंगलमा २० करोड लगानीमा आफ्नै पीसीआर ल्याब खोलेका छन् । श्रीमती, सासु, जेठीसासु र भिनाजुको नाममा विभिन्न ठाउँमा घरजग्गा खरिद गरेको तथ्य पनि फेलापरेको छ । कामदारसँग असुली गरेको पैसाबाट अरबपति बनेका कैलाश खड्काले काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा पत्नी प्रविना प्रजापतिको नाममा कित्ता नं. ७५, सिट नं. ११४७–०५ भएको ७ आना ३ पैसा जग्गा खरिद गरेका छन् ।

    भक्तपुरको साविक दधिकोट गा.वि.स. (हाल सूर्यविनायक नगरपालिका) कित्ता नम्बर २१२० क्षेत्रफल ७ आना जग्गा किनेका छन् । ललितपुरको टीकाथलीमा ३ कित्ता जग्गा खरिद गरेका छन् । टीकाथली ४ (ख) कित्ता नम्बर १०४२ को ४ आना, टिकाथली ४ (खं) कित्ता नम्बर १०४१ को ४ आना, टिकाथली ४ (ख) को कित्ता नम्बर ८६४ को २ रोपनी जग्गा कैलाश खड्काले पत्नी प्रविनाका नाममा खरिद गरेका छन् ।

    त्यसैगरी उनले पत्नी प्रविनाको नाममा काठमाडौं महानगरपालिकामै ८ आना जग्गा रहेको जानकारी प्राप्त हुन आएको छ भने गागलफेदी ६ (ख)मा २ कित्ता जग्गा रहेको स्रोतको दावी छ । कित्ता नम्बर १५७ को करिब २ रोपनी (९२२ स्क्वायर) छ भने ८४३ कित्ता नम्बरको १०१.३४ बर्ग स्क्वायर फिट छ । कैलाश खड्काले आफ्नै नाममा पनि १० आना जग्गा गागलफेदीमा किनेका छन् ।

    त्यसैगरी काठमाडौंको इन्द्रायणी ७ मा ६ कित्ता जग्गा छ । जसको क्षेत्रफल १०२९ क्वायर फिट अर्थात २ रोपनी भन्दा बढी हुन आउँछ । खड्काले यसअघि ज्ञानी प्रजापतिको नाममा भक्तपुरको सिरुटार, दधिकोट र बालकोटमा १५ आना, ४ आना २ पैसा र ६ आना १ पैसा २ दाम गरी ३ कित्ता जग्गा खरिद गरेको पनि स्रोतको दावी छ । त्यसैगरी उनले काठमाडौं महानगरपालिका वडा नम्बर १० मा ७ आना किनेका छन् । यसका अलावा उनले चितवन लगायतका धेरै ठाउँमा जग्गा खरिद गरेका छन् ।

    गोकर्ण बिष्ट श्रम मन्त्री हुँदा २०७५ जेठ २ मा सिन्डिकेट कायम गरी ठगी गरिरहेका यस्ता संस्थालाई कारबाहीको प्रक्रिया सुरु भएको थियो । तर कैलाश खड्काको समूहले मलेसियासम्मै सेटिङ गरेकाले ठगी धन्दा रोक्न बिष्टले सकेनन् ।

    को हुन अमिन ?
    अमिन बंगलादेशी मूलका मलेसियन हुन् । बंगलादेशमा अपराधिक गतिबिधि गरेपछि मलेसिया पलायन भएका हुन् अमिन । त्यहाँका पूर्व उपप्रधान एवम् गृहमन्त्री अहमद जाहिद हमिदीका भतिजीसँग विवाह गरेका अमिनले बंगलादेशका मन्त्री र कर्मचारीलाई प्रभावमा पारी ३० वटा म्यानपावरलाई मात्र मलेसिया कामदार पठाउनेगरी सिन्डिकेट गरेका थिए । सिन्डिकेट लागू गराएर कुस्त लाभ लिएका उनी नेपालमा पनि त्यही गर्ने खेलमा छन् । बायोमेट्रिक स्वास्थ्य परीक्षणमा ३६ स्वास्थ्य संस्थाको सिन्डिकेट बनाएर बार्षिक ५ अर्ब मलेसिया लान सफल भएका उनले अहिले कामदार आपूर्तिमा सिन्डिकेट लगाई बार्षिक अर्बौं लाभ लिने दाउमा छन् ।

    अमिन जे जस्ता हर्कत पनि गर्नसक्छन् भन्ने दृष्टान्त मलेसियामा नेपाली कामदारलाई रोक लगाएको बेला उनले नेपाली पासपोर्टमा बंगालीलाई पठाउने काम समेत गरेका थिए । परराष्ट्रमन्त्री सुजाता कोइराला भएको समयमा उनका ज्वाई रुबेल चौधरीमार्फत् हजारौ बंगालीलाई नेपाली पासपोर्टमा मलेसियामा कामदारका रुपमा पठाएको आरोप अमिनमाथि छ । रुबेल चौधरी पनि बंगलादेशी नै भएकाले उनीमार्फत् सेटिङ गरी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लागू नहुँदैका पासपोर्ट बंगलादेशीलाई दिइएको थियो । मलेसियामा बंगालीको मृत्यु भए पनि पासपोर्ट नेपाली भएकाले सब भने नेपाल आएको घटना पनि छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार