Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मनोज पाण्डेबाट पीडित भएको भन्दै अन्य युवती पनि पुगे प्रहरीमा

    मनोज पाण्डेबाट पीडित भएको भन्दै अन्य युवती पनि पुगे प्रहरीमा

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 2.1K
    SHARES

    काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेबाट पीडित भएको भन्दै थप युवतीहरु पनि प्रहरीको सम्पर्कमा पुगेका छन् ।

    उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको सम्पर्कमा थप एकजना पीडित पुगेकी हुन् ।



    अन्य दुईजनाले पनि पाण्डेबाट दुर्व्यवहारको प्रयास भएको भन्दै प्रहरीसँग सम्पर्क गरेका छन् । स्रोत भन्छ, ‘उहाँहरु कार्यालयमा आइसक्नु भएको छैन, यद्यपि अनुसन्धानका लागि बोलाएका छौं ।’



    प्रहरीले शनिबार स्वयम्भुबाट पाण्डेलाई पक्राउ गरेको थियो । बुधबार पाण्डे सञ्चालक रहेको कम्पनीले आयोजना गरेको सौन्दर्य प्रतियोगिताकी एक प्रतिष्पर्धीले आफूमाथि ८ वर्षअघि जबरजस्ती करणी भएको खुलासा गर्दैै २० वटा भिडियो बयान सार्वजनिक गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार