Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार राई फराकिलो मतान्तरले विजयी

    धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार राई फराकिलो मतान्तरले विजयी

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.9K
    SHARES

    सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् ।

    राजनीतिक दल र दलका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार राई फराकिलो मतान्तरसहित धरानको मेयरमा निर्वाचित भएका हुन् ।



    राईले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२ मतले पराजित गरे । हर्कराजले २० हजार ८ सय २१ मत प्राप्त गर्दा किशोरले १६ हजार ५९ मत पाए । नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत प्राप्त गरिन् ।



    धरानको उपमेयरमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा निर्वाचित भएका छन् । उनले २० हजार ५ सय १० मत प्राप्त गरे । उनका निकटतम प्रत्याशी नेकपा एमालेका पदमप्रसाद लिम्बुले १७ हजार ६ सय ६ मत पाए ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार