Online Nepal
  • सोमबार, २० असार २०७९
  • कोहलपुरमा कांग्रेस विजयी

    कोहलपुरमा कांग्रेस विजयी

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 327
    SHARES

    बाँके । स्थानीय तह निर्वाचनअन्तर्गत कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

    कांग्रेसबाट उम्मेदवार बनेका युवा नेता पूर्ण आचार्यले १४ हजार १३४ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका हुन् ।



    उपप्रमुखमा पनि कांग्रेसकै सङ्गीता सुवेदी विजयी भएकी छन् । प्रमुखमा आचार्यका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का खिलप्रसाद भुसालले १२ हजार २८५ मत प्राप्त गरे भने माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र न्यौपानले नौ हजार ७२५ मत प्राप्त गरेका थिए ।

    पन्ध्र वडा रहेको कोहलपुरमा कांग्रेसले वडा नं २, ४, ६, ८, १०, १२, १३, १४ र १५ गरी नौ वटा वडा जितेको छ । एमालेले वडा नं।३, ५, ७ र ११ नं वडामा विजयी हासिल गरेको छ भने माओवादी केन्द्रले वडा नं १ र ९ मा जित हासिल गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार