Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेपालमा थप ६ जनामा कोरोना पुष्टि, १३ जना निको

    नेपालमा थप ६ जनामा कोरोना पुष्टि, १३ जना निको

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी दुई हजार दुई सय २६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



    थप १३ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४१ जनामा झरेको छ । यही अवधिमा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएको छैन् ।



    यस्तै २४ घण्टामा १७ हजार तीन सय दुई जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार