Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कैलालीमा दुर्घटनामा महिलाको मृत्यु भएपछि तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

    कैलालीमा दुर्घटनामा महिलाको मृत्यु भएपछि तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    कैलाली । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कँडेलको मृत्यु भएको हो । पूर्वतर्फ गइरहेको से१त ६८२७ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आइरहेको सुप प्र ०१–००८ प १७८३ नंको स्कुटर एकापसमा ठोक्किएका हुन् ।



    दुर्घटनामा स्कुटर चालक कँडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा स्कुटरको पछाडि सवार लम्कीचुहा नगरपालिकाका जमुना सिंह घाइते हुनुभएको छ । घाइतेको धनगढीमा उपचार भइरहेको छ ।



    प्रहरीले चालकलाई ट्र्याक्टरसहित नियन्त्रणमा लिएको छ । यस्तै महिलाको मृत्यु भएपछि जिल्लाको गौरीगंगा नगरपालिकास्थित चौमाला क्षेत्रमा तनाव उत्पन्न भएपछि चौमाला क्षेत्रमा मृतकका आफन्त तथा स्थानीयले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका थिए ।

    आन्दोलित स्थानीयलाई शान्त पार्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार