Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कांग्रेसले भन्यो – पार्टीमा अन्तर्घात नभएको भए ४०० नजिक जित पुर्‍याउन सक्थ्यौं

    कांग्रेसले भन्यो – पार्टीमा अन्तर्घात नभएको भए ४०० नजिक जित पुर्‍याउन सक्थ्यौं

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 900
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजक रहेको बताएको छ ।

    सोमबार पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने ‘समग्रमा निर्वाचन परीणाम सन्तोषजनक रुपमा लिएका छौं । धेरै ठूलो सफलता हासिल गरेका छौं’ , यदि पार्टीमा अन्तर्घात नभएको भए ४०० नजिक जित पुर्‍याउन सक्थ्यौं भन्ने अनुमान छ ।’



    ७५३ पालिकामध्ये ३२० पालिकाको प्रमुख र २९३ पालिकाको उपप्रमुख कांग्रेसले जितेको छ ।



    देशभरका कुल नगरपालिकामध्ये झण्डै ५० प्रतिशतमा कांग्रेसले जितेको भन्दै उनले अघि भने, ‘झण्डै आधा ठाउँमा हामीले विजय हासिल गर्‍यौं भन्ने आधार प्रशस्त छ ।’

    यस्तै चुनावमा धाँधली भएको र राज्यशक्तिको दुरुपयोग भएको नेकपा एमालेको दाबीको कांग्रेसले खण्डन गरेको छ ।

    बाजुराको बुढीगंगा नगरपालिकाको ४ वटा वडामा भने एमालेले धाँदली गरेको भन्दै पुनः मतदान गर्न माग गरेको छ । उदयपुरको त्रियुगाको एउटा वडामा पनि समस्या रहेको भन्दै तत्काल निर्णय गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार