Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • एन्फा अध्यक्षका लागि कर्माछिरिङ शेर्पाद्धारा प्यानलसहित उम्मेदवारी घोषणा

    एन्फा अध्यक्षका लागि कर्माछिरिङ शेर्पाद्धारा प्यानलसहित उम्मेदवारी घोषणा

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा पुनःउम्मेदवारी दिने घोषणा गरेका छन् ।

    एन्फाको वर्तमान अध्यक्षसमेत रहेका शेर्पाले आज पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पदमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।



    चार वर्षअघि शेर्पा आफ्नो प्यानलसहित एन्फा नेतृत्वमा निर्वाचित भएका थिए । यसपटक पनि शेर्पाले प्यानलसहित पुनःउम्मेदवारी घोषणा गरेका हुन् ।



    शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्छित पराजुली, उपाध्यक्षमा दिर्घ केसी, रत्न श्रेष्ठ र उपेन्द्र्मान श्रेष्ठ रहेका छन् ।

    सदस्यमा दीपक थापा, प्रबीन यादब, रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, रामराजा गुरुङ, टीकाराम लामा, प्रदेश सिङ्ह राथोर, भरत गुण थापा, अनिल श्रेष्ठ, रमेश ब्येन्जनकार, मनीराज श्रेष्ठ र मनिश जोशी छ्न् ।

    यसअघि पङ्कज नेम्वाङले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार