Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • रोकिएन राजस्व छलीका शृंखला, छली गर्नेहरू धमाधम कानुनी दायरामा

    रोकिएन राजस्व छलीका शृंखला, छली गर्नेहरू धमाधम कानुनी दायरामा

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छल्लेविरुद्धको कारबाही तीव्र बनाएसँगै करोडौं रुपैयाँ राजस्व छलीको शृंखला धमाधम बाहिरिन थालेको छ । विभागको सक्रियतापछि पछिल्लो समय राजस्व छली गर्नेहरू धमाधम कानुनी दायरामा आउन थालेका छन् ।

    यसैक्रममा सोमबार मात्र राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध बिगो र जरिमानासहित कुल १९ करोड ६९ लाख ६३ हजार १६८ रुपैयाँ असुलको माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।



    विभागले विभिन्न गलत उपाय अपनाएर राजस्व छलीमा संलग्न भएका राजकिशोर सिंह कुशवाहा, पुष्करकुमार सिंह, भविचन महत्तो कोइरी, श्रीराम ठाकुर र जटाशंकर जैसवालविरुद्ध बिगोसहित अदालतमा मुद्दा दायर गरेको हो ।



    विभागले उच्च अदालत पाटनमा दायर गरेको सो मुद्दामा निरज ट्रेडर्स एन्ड सप्लायर्स र राज ट्रेडर्स कम्पनीमार्फत राजस्व छली गरेको पाइएको हो । उनीहरूले भारतीय चिनी अवैध रूपमा चोरी पैठारी गरी मालवस्तु तथा ढुवानी गर्दा सक्कल कागजातमा रहेका विवरण २८ पटकसम्म सच्याई राजस्व छलेको विभागको आरोप छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार