Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भरतपुरमा १ लाख २७ हजार ५०८ मत गणना : रेनुलाई साढे १२ हजार मतको अग्रता

    भरतपुरमा १ लाख २७ हजार ५०८ मत गणना : रेनुलाई साढे १२ हजार मतको अग्रता

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिका सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन्।

    ताजा मतपरिणाम अनुसार दाहालले ५२ हजार ३० मत प्राप्त गरेकी छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत ल्याएका छन् ।



    एमालेका सुवेदीलाई माओवादी केन्द्रकी रेनुले १२ हजार ४४९ मतले पछाडि छोडेकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत पाएका छन् । उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवार फराकिलो मतसहित अग्रता कायमै राखेका छन् ।



    नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ५२ हजार ८०३ मत पाएका छन् । उनलाई राप्रपाका उम्मेदवार हिमला गुरूङले ३० हजार ६१२ मतसहित पछ्याइरहेकी छन्। हालसम्म एक लाख २७ हजार ५०८ मत गणना भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार