Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • उपमेयरमा कांग्रेसका चित्रसेन

    भरतपुर महानगरको मेयरमा माओवादीकी रेनु दाहाल विजयी

    भरतपुर महानगरको मेयरमा माओवादीकी रेनु दाहाल विजयी

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छिन् । एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले हराउँदै दाहाल भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

    दाहाल १२ हजार ४ सय ४९ मतान्तरले विजयी भइन् । ताजा मतपरिणाम अनुसार दाहालले ५२ हजार ३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याए ।



    उमपेयरमा पनि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भए । अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरूङले ३० हजार ६ सय १२ मत ल्याइन् ।



    मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार ७ सय २८ मत आएको छ । भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा निर्वाचन परिणाम भने अझै सार्वजनिक गरेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार