Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पोखरा महानगरमा मतगणना रोकियो

    पोखरा महानगरमा मतगणना रोकियो

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 822
    SHARES

    पोखरा । पोखरा महानगरका दुई वडामा पुनःमतगणना सुरु नहुँदासम्म बाँकी मतगणनामा नबस्ने एमालेले अडान लिएको छ ।

    पोखराका दई वडामा पुनःमतगणनाको माग गर्दै एमालेका प्रतिनिधि मतगणनास्थल प्रवेश गरेका छैनन् ।



    पोखराका दुई वडामा मुचूल्कामा उल्लेख भएको भन्दा मतपेटिकामा भएको मतपत्र कम भएको भन्दै एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन बुझाएको थियो ।



    वडा १८ र ३१ को पुनः मतगणना गर्नुपर्ने माग गर्दै एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले निवेदन दिएका हुन् ।

    उक्त निवेदनउपर सुनुवाइ नहुँदासम्म बाँकी मतगणनामा सहभागी नहुने एमाले महानगर समिति सचिव जीवन आचार्यले बताए । पोखराका ३३ मध्ये हाल वडा २२, ३२ र ३३ को मतगणना भइरहेको थियो ।

    हालसम्म १ लाख ३९ हजार ४ सय ११ मतगणना भएको छ । १ लाख ४३ हजार २ सय २६ मत खसेकोमा ३ हजार ८ सय १५ गन्न बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार