Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अभिनेता सलमान खान नेपाल नआउने

    अभिनेता सलमान खान नेपाल नआउने

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 2.2K
    SHARES

    काठमाडौं । ‘दबंग टुर रिलोडेड’का लागि नेपाल आउने भनिएका भारतिय अभिनेता सलमान खान नआउने भएका छन् ।

    उनि नआउने भएपछि जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ ।



    आयोजकले सलमान खान लगायत टिमको माग पुरा गर्न नसकेका कारण कार्यक्रम रोकिने भएको हो ।



    आयोजक स्रोतले उनी नआउने पुष्टि गरेपनि यसबारे औपचारिक जानकारी विज्ञप्तिमार्फत दिइने जनाएको छ ।

    ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुने भनिएको उक्त कार्यक्रममा सलमानसँगै अन्य भारतीय कलाकारहरु सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मा लगायतको टिम नेपाल आउने प्रचार गरिएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार