Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • चितवनमा सिडिओ र एसपीको सहकार्यले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न

    चितवनमा सिडिओ र एसपीको सहकार्यले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 3.3K
    SHARES

    चितवन । स्थानीय तहको निर्वाचनमा सुरक्षाको दृष्टिकोणले अति संवेदनशिल जिल्ला मानिएको चितवनमा यसपटक कुनै अप्रिय घटना नभई निर्वाचन सम्पन्न भएको छ ।

    प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङ र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नवराज अधिकारीले निर्वाचन अघि नै सुरक्षा चुनौतीबारे विश्लेषण गर्दै आवश्यक तयारी गरेका थिए ।



    चुनावमा खटिने सुरक्षाकर्मीदेखि आवश्यक स्रोत साधनको भरपुर प्रयोग गरी सुरक्षालाई मजबुत बनाएका कारण पनि चितवनमा कुनै अप्रिय घटना हुन पाएन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणलाई लिएर निर्वाचन आयोगले बागमती प्रदेश प्रहरी प्रमुख, सिडिओ तामाङ र एसपी अधिकारीलाई स्पष्टीकरण सोधेको थियो ।



    तर, सिडिओ र एसपीले शान्ति सुरक्षाको विषयमा भने निकै चलाखीपूर्ण तरिकाले अध्ययन गरेका कारण उनीहरु सफल भएको राजनीतिक दलकै प्रतिनिधिहरु बताउँछन् ।

    निर्वाचनको मुखमा नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियार ‘कान’ को अज्ञात समूहले हत्या गरेपछि चितवनमा चुनाव खलबलिने खतरा बढेको थियो । तर, कानको हत्या आपराधिक समूहबाटै भएको प्रहरीको प्रारम्भिक निष्कर्ष र उक्त कुरा राजनीतिक दलहरुसामू पुगेपछि घटनाले थप उत्तेजित रुप लिन पाएन ।

    प्रहरीले कानको हत्या प्रकरणलाई केही दिन भित्रै टुंगोमा पुर्याउनेगरी अनुसन्धान गरिरहेको जनाएको छ । अघिल्लो निर्वाचनमा मत गणनाका क्रममा मतपत्र च्यातिएको घटनाले पनि चितवन प्रहरीलाई झस्काएको थियो । जसका कारण एसपी अधिकारीले मत गणनास्थल र वरिपरिको क्षेत्रलाई गहन रुपमा विश्लेषण गरी सुरक्षाकर्मी खटाएका थिए भने उनलाई सिडिओ तामाङले आवश्यक सहयोग पनि गरेका थिए ।

    यसरी सिडिओ र एसपीबीचको तालमेलका कारण चितवनमा भयरहित रुपमा निर्वाचन सम्पन्न भएको मतगणना स्थलमा भेटिएका स्थानीयबासी विक्रम बस्नेतले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार