Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सौन्दर्य प्रतियोगितामा यौन दुर्व्यवहार प्रकरण : माल्भिका सुब्बासँग प्रहरीले लियो बयान

    सौन्दर्य प्रतियोगितामा यौन दुर्व्यवहार प्रकरण : माल्भिका सुब्बासँग प्रहरीले लियो बयान

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 2K
    SHARES

    काठमाडौं । पूर्वमिस नेपाल माल्भिका सुब्बासँग प्रहरीले बयान लिएको छ ।

    मिस ग्लोबल इन्टरनेशनल नामक सौन्दर्य प्रतियोगिताका प्रतिष्पर्धीलाई आयोजक संस्थाका सञ्चालकले बलात्कार गरेको प्रकरणमा प्रहरीले सुब्बासँग घटनाको साक्षीका रुपमा बयान लिएको हो ।



    सुब्बा प्रतियोगिताकी कोरियोग्राफर समेत हुन् । काठमाडौं प्रहरी परिसर, टेकुको मुद्दाका शाखाले सुब्बासँग मंगलबार बयान लिएको हो । प्रकरणका मुख्य आरोपी मनोज पाण्डेलाई प्रहरीले शनिबार स्वयम्भुबाट पक्राउ गरेको थियो ।



    प्रहरीका अनुसार अनुसन्धानका सिलसिलामा घटनासँग जोडिएका विभिन्न व्यक्तिहरुसँग बयान लिने क्रम जारी छ । त्यहीक्रममा सुब्बालाई पनि बयानका लागि बोलाइएको प्रहरीले जनाएको छ ।

    सामाजिक सञ्जाल टिकटकमार्फत एक युवतीले आफू १६ वर्षको हुँदा सौन्दर्य प्रतियोगिताका एक आयोजकले आफूसँग गरेको यौन दुर्व्यवहारबारे बोलेकी थिइन् ।

    सन् २०१४ को सौन्दर्य प्रतियोगिता ‘मिस ग्लोबल इन्टरनेसनल’ मा भाग लिन लगाउँदै आयोजकले आफूलाई ६ महिनासम्म ‍यौन दुर्व्यवहार गरेको कुरा उनले भिडियोमार्फत सार्वजनिक गरेकी थिइन् ।

    बलात्कार तथा यौन हिंसाको आरोपमा पक्राउ परेका मोडेल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले सोमबार अनुमति दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार