Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • भरतपुरकी नवनिर्वाचित प्रमुख दाहालद्धारा पदभार ग्रहण, भरतपुरमा जन्मिने छोरीको निःशुल्क बीमा

    भरतपुरकी नवनिर्वाचित प्रमुख दाहालद्धारा पदभार ग्रहण, भरतपुरमा जन्मिने छोरीको निःशुल्क बीमा

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । भरतपुर महानगरपालिकाको नवनिर्वाचित प्रमुख रेनु दाहालले पदभार ग्रहण गरेकी छन् ।

    एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन्दा बढी मतले हराउँदै भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित दाहालले आज पदभार ग्रहण गरेकी हुन् ।



    दाहालले पदभार ग्रहण गर्दै दुई वटा निर्णय समेत गरेकी छन् । भरतपुरमा जन्मिने छोरीलाई निःशुल्क बीमा गरिने निर्णय गरिएको छ । छोरीलाई गरिने बीमा रु एक लाखको १५ वर्ष अवधिको हुनेछ ।



    भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निःशुल्क गरिने समेत उनले निर्णय गरिन् । त्यस्तै ७ हजार लिसम्म पिउने पानीको कुनै पनि शुल्क नलाग्ने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार