Online Nepal
  • शनिबार, १० साउन २०८२
  • काठमाडौं महानगरको २७ वटा वडाको मतगणना सकियो

    काठमाडौं महानगरको २७ वटा वडाको मतगणना सकियो

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको ३२ वडामध्ये २७ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । मतगणना सकिएका २७ वडामध्ये १६ वटामा नेपाली कांग्रेस र ११ वटामा नेकपा एमालेले जित निकालेको छ ।

    काठमाडौं महानगरपालिकाको कुनै पनि वडामा हालसम्म नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जित निकाल्न सकेका छैनन् ।



    निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार अहिले काठमाडौं महानगरको वडा नं. १३, १४, १५, १६ र १७ गरी पाँच वटा वडाको मतगणना भइरहेको छ । यी पाँच वर्ट वडामा पनि कांग्रेस र एमालेका उम्मेदवारहरुको अग्रता रहेको छ ।

    हालसम्म मतगणना सम्पन्न भएका काठमाडौं महानगरका वडाहरुमा १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ रहेका छन् ।

    मतगणना सम्पन्न भएका वडाहरुमध्ये ६, ७, ८, ९, १०, ११, १२, १९, २०, २४, २५, २६, २७, २८, २९ र ३० को वडा अध्यक्ष कांग्रेसका उम्मेदवारले जितेका छन् ।

    काठमाडौं महानगरको वडा नं.१, २, ३, ४, ५, १८, २१, २२, २३, ३१ र ३२ को वडा अध्यक्षम एमालेका उम्मेदवार विजयी बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार