Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

    तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 1K
    SHARES

    दाङ । सत्ता गठबन्धनलाई पराजित गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ ।

    प्रमुखमा टीकाराम खड्का ३ हजार ६ सय ९१ मतान्तरले विजयी भएका छन् । खड्काले ३१ हजार ४ सय ८ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत प्राप्त गरेका छन् ।



    खड्का एमाले पूर्व जिल्लाअध्यक्ष हुन् । उनी किसान नेताका रूपमा परिचित छन् । लामो समयदेखि राजनीतिमा क्रियाशील रही पहिलोपटक निर्वाचनमा होमिने अवसर पाएका हुन् ।



    कांग्रेस केन्द्रीय सदस्य गिरी २०७४ को निर्वाचनमा पनि प्रमुखमा प्रतिस्पर्धा गरी पराजित भएका थिए । ०७४ मा एमालेका घनश्याम पाण्डे २२ हजार ८ हजार ५७ मतका साथ विजयी भएका थिए भने गिरीले १८ हजार ९ सय ३ मत प्राप्त गरेका थिए ।

    उपप्रमुखमा एमालेकी स्यानी चौधरी ९ हजार ५ सय ३२ मतान्तरका साथ विजयी भएकी छिन् । चौधरीले ३० हजार ५ सय ९७ मत प्राप्त गरेकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले २१ हजार ६५ मत प्राप्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार