Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २४ जना घाइते

    मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २४ जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    अछाम । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    सोही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् ।



    जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिक वडा नम्बर १ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो ।



    हाइड्रोलिक लिक भएर ट्याक्टर ट्रलीको पल्टिँदा दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागी मंगलसैन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार