Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • स्थानीय तह निर्वाचन : ७४९ पालिकाको नतिजा सार्वजनिक, अब यी ४ वटाको बाँकी

    स्थानीय तह निर्वाचन : ७४९ पालिकाको नतिजा सार्वजनिक, अब यी ४ वटाको बाँकी

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ।

    बिहिबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५ महानगर, ११ उपमहानगरसहित ७४९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।



    काठमाडौं महानगरपालिकासहित ४ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। काठमाण्डौ महानगरपलिका उदयपुरको त्रियुगा, रुपन्देहीको तिलोत्तमा र बाजुराको बुढीगंगाको अन्तिम नतिजा आउन बाँकी रहेको आयोगले जनाएको छ ।



    ७ सय ५३ पालिकामध्ये अहिलेसम्म कांग्रेसले तीन सय २७ वटा पालिकाको प्रमुख पद जितेर पहिलो पार्टी बनेको छ ।

    यस्तै एमालेले २ सय ५, माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टीले ३०, नेकपा एकीकृत समाजवादीले २० र लोकतान्त्रिक समाजवादी पार्टीले १६ वटा पालिकाको प्रमुख पद जितेका छन् । स्वतन्त्र उम्मेदवारले १२ वटा प्रमुख पद जितिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार