Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • स्थानीय तह निर्वाचन : ७४९ पालिकाको नतिजा सार्वजनिक

    स्थानीय तह निर्वाचन : ७४९ पालिकाको नतिजा सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ।

    निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५ महानगर, ११ उपमहानगरसहित ७४९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।



    सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ। दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ।



    यस्तै जनता समाजवादी पार्टी चौथो स्थानमा छ भने १ महानगर, १ उपमहानगरसहित २० पालिका जितेको नेकपा एकीकृत समाजवादी पाँचौ स्थानमा छ।
    लोकतान्त्रिक समाजवादी पार्टीले १६ पालिकामा प्रमुख पद जितेको छ।

    यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले समान ४-४ पालिकामा प्रमुख पद जितेका छन्।

    सिके राउत नेतृत्वको जनमत पार्टीले २ पालिकामा प्रमुख पद जित्दा नेपाल मजदुर किसान पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले १-१ पालिकामा प्रमुख पद जितेका छन्।

    यस्तै स्वतन्त्रबाट उठेका १२ जनाले पालिकामा प्रमुख पदमा जित हासिल गरेका छन् ।

    काठमाडौं महानगरपालिकासहित ४ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार