Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • काठमाडौंमा एक सिट जित्यो माधव नेपालको पार्टीले

    काठमाडौंमा एक सिट जित्यो माधव नेपालको पार्टीले

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरमा पहिलो जित दर्ता गरेको छ ।

    नेकपा एकीकृत समाजवादीले काठमाडौंको वडामा जित निकालेको हो । महानगरको वडा नम्बर १५ मा एकीकृत समाजवादीका उम्मेदवार ईश्वरमान डंगोल निर्वाचित भएका हुन् । एकीकृत समाजवादीबाट काठमाडौं महानगरका वडामा विजयी हुने एकमात्र उम्मेदवार हुन् ।



    निर्वाचित डंगोलले तीन हजार ४७६ मत पाएका छन् । डंगोलले कांग्रेसका उम्मेदवार जीवन डंगोललाई झण्डै २ हजार मतले पराजित गरेका हुन् । पराजित कांग्रेस उम्मेदवार जीवन डंगोलले एक हजार ५७२ मत ल्याए ।



    एमालेबाट उम्मेदवार बनेका पूर्णकाजी डंगोलले एक हजार ३९३ मत ल्याए । ईश्वरमान ०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार