Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको मृत्यु, ३७ घाइते

    इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको मृत्यु, ३७ घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, १३ जेष्ठ २०७९
  • 2K
    SHARES

    एजेन्सी । इरानको दक्षिण पश्चिमी सहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा १९ जनाको मृत्यु भएको छ । भने अरु ३७ जना घाइते भएका छन् ।

    घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको खुजेष्टन प्रान्तका उप–गभर्नर एहसन अब्बासपुरले जानकारी दिए ।



    व्यस्त सहरमा निर्माणाधीन भवन भत्किँदा फसेकाहरुको उद्धारका लागि सुरक्षाकर्मीसहित झन्डै २ हजार जना परिचालन गरिएको छ ।



    इरान सरकारले उद्धार कार्यलाई अन्तिम समयसम्म जारी राख्ने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार