Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • गोलीकाण्डमा मारिएकी शिक्षिकाको पतिको हृदयघातबाट मृत्यु

    गोलीकाण्डमा मारिएकी शिक्षिकाको पतिको हृदयघातबाट मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 1K
    SHARES

    एजेन्सी । अमेरिकाको टेक्सासको युभाल्डेस्थित एउटा विद्यालयमा भएको गोलीकाण्डमा मारिएका शिक्षिकाहरूमध्ये एकजनाका पतिको सोही वेदनाको कारण हृदयघातबाट मृत्यु भएको छ ।

    रोब प्राथमिक विद्यालयमा २३ वर्ष अध्यापन गरेकी इर्मा गार्सियाका पति जोय गार्सियाको हृदयघातबाट मृत्यु भएको हो ।



    आफ्नी हजुरआमाको गोली हानेरै हत्या गरेर आएका १८ वर्षीय साल्भाडोर रोलान्डो रामोसले अन्धाधुन्ध गोली चलाउँदा सो विद्यालयका १९ जना बालबालिका र गार्सियासहित दुईजना शिक्षक मारिएका थिए ।



    रामोसले दुवै आक्रमणपूर्व आफ्नो फेसबुकबाट आफ्नो योजना सार्वजनिक गरेका थिए । गार्सिया दम्पत्तिको २४ वर्षअघि विवाह भएको थियो । उनीहरूका चारजना सन्तान छन् ।

    बिहीबार बेलुकासम्ममा गार्सिया परिवारका लागि अनलाइनमार्फत उठाइएको सहयोग रकम १६ लाख अमेरिकी डलर पुगेको छ । बीबीसीबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार