Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाले भने – छिटपुट घटनालाई लिएर समग्र निर्वाचनप्रति संशय व्यक्त गर्नु उपयुक्त हुँदैन

    प्रधानमन्त्री देउवाले भने – छिटपुट घटनालाई लिएर समग्र निर्वाचनप्रति संशय व्यक्त गर्नु उपयुक्त हुँदैन

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका क्रममा भएका छिटपुट घटनालाई लिएर समग्र प्रक्रियामा प्रश्न उठाउनु उपयुक्त नभएको बताएका छन् ।

    सरकारको नीति र कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको शनिबार जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।



    उनले प्रतिनिधि सभाको जारी बैठकमा उनले निर्वाचन शान्तिपूर्ण भएको बताए । एमालेका सांसद्हरुले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन नसकेको आरोप लगाएका थिए। त्यसलाई प्रधानमन्त्री देउवाले जवाफ फर्काएका हुन् ।



    छिटपुट घटनालाई निर्वाचनको समग्र प्रक्रिया र परिणाममा संशय व्यक्त गर्नु लिएर उपयुक्त हुदैन, उनले भने । देशभर एकैपटक एकैसाथ निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण कुरा भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार