Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेसँग नेपालको बराबरी

    मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेसँग नेपालको बराबरी

    अनलाइन नेपाल
  • आइतबार, १५ जेष्ठ २०७९
  • 936
    SHARES

    काठमाडौं । नेएएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपाल इस्ट टिमोरको यु–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएको छ।

    दोहाको ग्रान्ड हमाद स्टेडियममा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी खेलेको हो ।



    पहिलो हाफमा दुई गोलले पछि परेको अवस्थामा नेपालले दोस्रो हाफमा गोल गर्न सफल भयो । एएफसी एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार नेपालले पहिलो मैत्रीपूर्ण खेल टिमोर लिस्टेसँग खेलको हो ।



    अब नेपालले जेठ २० गते ओमानसँग खेल्नेछ । नेपाली टोली कतारबाटै कुवेत जानेछ । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार