Online Nepal
  • बुधबार, १४ साउन २०८२
  • तारा एयरको विमान दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु

    तारा एयरको विमान दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १६ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । धनुषाको एकै परिवारका ७ जनाको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको छ। आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमानमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर ११ तुल्सी पाटोका एकै परिवारका सातजना विमान दुर्घटना मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको हो।

    मुक्तिनाथ दर्शन गर्न जोमसोम जान लागेका राजनकुमार गोलेका परिवार र आफन्तसहित ७ जनाको विमान दुर्घटनामा मृत्यु भएको छ।



    विमानमा गोलेसहित उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेका छन्।

    शुक्रबार घरबाट मुक्तिनाथ दर्शनका लागि हिँडेका उनीहरु शनिबार पोखरा पुगेका थिए। आइतबार बिहानै तारा एयरको विमानबाट मुक्तिनाथ दर्शनका लागि हिँडेको भएपनि कहिल्यै नफर्कने गरी मुक्तिनाथको दर्शन गर्न नपाउँदै अस्ताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार