Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मौसम सफा नभई आन्तरिक उडान गर्न नपाइने

    मौसम सफा नभई आन्तरिक उडान गर्न नपाइने

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ ।

    उड्ने र पुग्ने स्थानको मौसम सफा नभएसँगै उडान अनुमति नदिने निर्णय गरेको प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णले जानकारी दिए ।



    उनका अनुसार विमान उड्ने स्थान, विमान पुग्ने स्थान र उडानको बाटोसमेतको मौसम सफा नभएसम्म उडानको अनुमति नदिइने निर्णय भएको छ ।



    यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स)बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागु हुनेछ ।

    तर आईएफआर इन्स्ट्रुमेण्ट फ्ल्याइट रुल्स विधि जडान भएको विमान र विमानस्थलमा भने यो नियम लागु हुने छैन । उड्डयन क्षेत्रमा भिएफआर भन्नाले आँखाले हेरेर र विमान उडाउने र ल्याण्ड गर्ने विधि भन्ने बुझिन्छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार