Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पृथ्वीराजमार्गको चितवन कुरिनटार नजिक पुरूषको शव फेला

    पृथ्वीराजमार्गको चितवन कुरिनटार नजिक पुरूषको शव फेला

    अनलाइन नेपाल
  • बुधबार, १८ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पृथ्वीराजमार्गको चितवन कुरिनटार नजिक एकजना पुरूषको शव फेला परेको छ ।

    इच्छाकामना गाउँपालिका ४ धारापानीको सडकछेउमा बुधबार बिहान अन्दाजी ३०/३५ बर्षीय पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज बिहान शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।



    चितवन प्रहरीका अनुसार अझैसम्म मृतकको नाम, थर‚ ठेगाना खुलेको छैन् । ती व्यक्तिलाई गाडीले ठक्कर दिएको हुन सक्ने प्रहरीको अनुमान छ ।



    शव भरतपुर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । यस्तै ठक्कर दिने गाडीको खोजीकार्य सुरू भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार