Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • ब्राजिलमा बर्षाका कारण १ सय जनाको मृत्यु, हजारौँ विस्थापित

    ब्राजिलमा बर्षाका कारण १ सय जनाको मृत्यु, हजारौँ विस्थापित

    अनलाइन नेपाल
  • बुधबार, १८ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या कम्तीमा १०० जना पुगेको प्राप्त समाचारमा जनाइएको छ ।

    यहाँ गत हप्तादेखि जारी रहेको भारी वर्षा र त्यसपछि आएको बाढीले यी नागरिकको ज्यान गएको हो । ब्राजिलको उत्तर क्षेत्रीय सहर रेसिफका विभिन्न नगरपालिकालाई बाढीले बढी प्रभावित पारेको छ ।



    त्यस सहर र त्यसको वरपर परेको भारी वर्षामा परेर अधिकांशको ज्यान गएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।



    बाढीमा परेर १६ जना स्थानीय नागरिक हराइरहेका उद्धारमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् ।

    त्यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन् ।

    उत्तरी ब्राजिलका विभिन्न १४ वटा नगरपालिकामा गरेर ती नागरिकको ज्यान गएको र कम्तीम पनि पाँच हजार जना विस्थापित हुन पुगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार