Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चीनको सांघाइमा दुई महिनादेखि जारी लकडाउन खुकुलो

    चीनको सांघाइमा दुई महिनादेखि जारी लकडाउन खुकुलो

    अनलाइन नेपाल
  • बुधबार, १८ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । चीनको आर्थिक केन्द्र सांघाइमा दुई महिनायता जारी लकडाउन खुकुलो पारिएको छ । मंगलबार रातिदेखि अधिकांश मानिसहरुलाई हिँडडुल गर्न दिइएको छ ।

    करिब अढाइ करोड जनसंख्या भएको सहरमा ६ लाख ५० हजार मानिस भने अझै घरभित्रै रहनेछन्। चीनले शून्य कोभिडको नीति लिएका कारण संक्रमितहरु या त अस्पताल या क्वारेन्टिनमा बस्नुपर्ने अवस्था छ।



    नयाँ नियमअनुसार मानिसहरुले आफ्नो कम्पाउन्डबाट बाहिर निस्किन स्मार्टफोनमा स्वास्थ्य अवस्था सही रहेको हरियो कोड देखाउनुपर्ने हुन्छ ।



    सार्वजनिक यातायात वा बैंकमा प्रवेश गर्न ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाउनु पर्छ । सिनेमा, जिम, म्युजियम भने बन्द रहनेछन्। धेरैजसो स्कुल पनि तत्काल खुल्ने छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार