Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अमेरिकाको अस्पतालमा गोलीकाण्डः चार जनाको मृत्यु, कैयौँ घाइते

    अमेरिकाको अस्पतालमा गोलीकाण्डः चार जनाको मृत्यु, कैयौँ घाइते

    अनलाइन नेपाल
  • बिहिबार, १९ जेष्ठ २०७९
  • 837
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकाको ओक्लाहोमाको एक मेडिकल भवनमा राइफल र ह्यान्डगन लिएका एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।

    सन्दिग्ध आक्रमणकारी पनि मारिएको कानुन कार्यान्वयन गराउने अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार सेन्ट फ्रान्सिस अस्पताल खाली गराउन अझै काम भइरहेको छ जहाँ एक पुरुष राइफलसहित रहेका विवरण आएका थिए।



    ओकलाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको बताए । उनको उमेर ३५ देखि ४० वर्षको बीचमा रहेको अनुमान गरिएको छ ।



    डाक्टरहरूको कार्यालय र अर्थोपेडिक सेन्टर रहेको अस्पतालको दोस्रो तल्लामा आक्रमण भएको थियो। अर्का प्रहरी अधिकारी एरिक डल्ग्लासले पीडितहरू कर्मचारी र बिरामी दुवै रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार