Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपाली राष्ट्रिय फुटबल टोली आज ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दै

    नेपाली राष्ट्रिय फुटबल टोली आज ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २० जेष्ठ २०७९
  • 705
    SHARES

    काठमाडौं । कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ । दोहामा हुने खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ ।

    बलियो टोली ओमानविरुद्ध नेपाल आफ्नो स्तरको परीक्षा लिनेछ । यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।



    पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी गरेको थियो । यस्तै, दोस्रो खेलमा श्रीलङ्कासँग १–१ को बराबरी खेलेको थियो ।



    एएफसी कपका लागि कतारमा अभ्यास पूरा गरेपछि नेपाली टिम भोलि कुवेत प्रस्थान गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार