Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मैत्रीपूर्ण अभ्यास खेलमा नेपाल ओमानसँग २–० गोलले पराजित

    मैत्रीपूर्ण अभ्यास खेलमा नेपाल ओमानसँग २–० गोलले पराजित

    अनलाइन नेपाल
  • शनिबार, २१ जेष्ठ २०७९
  • 855
    SHARES

    एजेन्सी । मैत्रीपूर्ण अभ्यास खेलमा नेपाली राष्ट्रिय फुटबल टोली ओमानसँग पराजित भएको छ । कतारको सुहिम बिन हामद स्टेडियममा शुक्रबार राति भएको खेलमा नेपाल ओमानसँग २-० गोल अन्तरले पराजित भएको हो ।

    ओमानका ओमार अल मलिकी र इशाम अल सुभीले एक/एक गोल गरे । एएफसी एसियन कप छनोट अघि दोहामा तयारी गरिरहेको नेपालले तेस्रो अभ्यास खेलमा ओमानसँग खेलेको हो । यसअघि नेपालले टिमोर लिस्टेको २३ वर्षमुनिको टोलीसँग २/२ गोलको बराबरी खेलेको थियो ।



    यस्तै श्रीलङ्कासँग १/१ को बराबरी खेलेको थियो । नेपाली टोली कतारबाट कुवेत जानेछ । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।



    नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालले आउँदो बुधवार जोर्डनसँग, २८ गते शनिवार कुवेतसँग र ३१ गते मङ्गलवार इन्डोनेसियासँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार