Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • राष्ट्रपति भण्डारीको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो

    राष्ट्रपति भण्डारीको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो

    अनलाइन नेपाल
  • शनिबार, २१ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । ललितपुरको जावलाखेलमा शनिबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाइएको हो ।

    यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाण, मन्त्री शशी श्रेष्ठलगायत उच्च अधिकारीहरू पनि उपस्थित थिए।



    भोटो हेर्न र रथको दर्शन गर्न हजारौँ व्यक्ति जावलाखेल पुगेका छन् । मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने चलन छ ।



    तीन हप्तासम्म लगनखेलको इतीटोल चौबाटोमा रहेको मच्छिन्द्रनाथ र मीननाथको रथ तानेर गएको बुधवार जावलाखेलमा पुर्‍याइएको थियो । भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको जात्रा सकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार