Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • यूईएफए नेसन्स लिग : हंगेरीसँग इङ्ग्ल्यान्ड हार्‍यो

    यूईएफए नेसन्स लिग : हंगेरीसँग इङ्ग्ल्यान्ड हार्‍यो

    अनलाइन नेपाल
  • आइतबार, २२ जेष्ठ २०७९
  • 963
    SHARES

    एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलको पहिलो खेलमै इङ्ग्ल्यान्डले हार व्यहोरेको छ ।

    शनिबार हंगेरीको राजधानी बुडापेष्टमा भएको खेलमा हंगेरीसँग इङ्ग्ल्यान्डले १-० गोलले पराजित भएको हो ।



    समूह ‘ए ३’ को खेलमा जितसँगै घरेलु टोलीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।



    हंगेरीको जितमा खेलको ६६औं मिनेटमा डोमिनिक सोबोस्लियाले पेनाल्टीमा निर्णायक गोल गरे ।

    जितसँगै हंगेरीले पहिलो खेलमा ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार