Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न मुख्यमन्त्री पाण्डेसँग मेयर बालेनको भेट

    काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न मुख्यमन्त्री पाण्डेसँग मेयर बालेनको भेट

    अनलाइन नेपाल
  • आइतबार, २२ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आइतबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई भेटेका छन्।

    मुख्यमन्त्री पाण्डेको स्वयम्भूस्थित निवासमा पुगेर शाहले भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा उनले राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका बताइएको छ।



    जवाफमा मुख्यमन्त्री पाण्डेले राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्ने आश्वासन दिएका छ्न्। मेयर निर्वाचित भएसँगै शाहले काठमाडौँ महानगरभित्रको फोहोर व्यवस्थापनलाई मुख्य प्राथमिकता राखेका छन् ।



    उनी यसबीचमा फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल पुग्नेदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई भेटेर समन्वय गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार