Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • आगामी प्रतिनिधिसभा निर्वाचनमा पपगायक श्रेष्ठले उम्मेदवारी दिने

    आगामी प्रतिनिधिसभा निर्वाचनमा पपगायक श्रेष्ठले उम्मेदवारी दिने

    अनलाइन नेपाल
  • आइतबार, २२ जेष्ठ २०७९
  • 1.9K
    SHARES

    काठमाडौं- पपगायक सञ्जय श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत उनले प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।



    काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने घोषणा गरेका उनले लेखेका छन् ‘मेरो पार्टीले मलाई टिकट दिए पनि नदिए पनि आउँदो मंसिरतिर हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ६ बाट फेरि उम्मेदवारी दिने निर्णय गरें । अब बाँकी तपाईंहरुको साथ र विश्वास ।



    ’गत मंसिरमा मात्र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा प्रवेश गरेका उनले पार्टीले टिकट नदिए पनि आफू स्वतन्त्र रुपमा उठ्ने बताएका हुन् । सन् १९९२ मा श्रेष्ठले निर्माण गरेको क्रसरोड ब्यान्डको चर्चित गीत ‘माया मेरी माया’ले उनलाई चर्चामा ल्याएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार