Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सलमान खानलाई सिद्धु मूसेवाला जस्तै बनाउने धम्की , निजी सुरक्षा बढाइयो

    सलमान खानलाई सिद्धु मूसेवाला जस्तै बनाउने धम्की , निजी सुरक्षा बढाइयो

    अनलाइन नेपाल
  • आइतबार, २२ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    एजेन्सी। बलिउड अभिनेता  सलमान खान र उनका पिता सलिम खानलाई आज धम्कीको पत्र प्राप्त भएको छ ।

    बान्द्रा प्रहरीले अपरिचित व्यक्ति विरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरेको छ ।



    मिडिया रिपोर्टका अनुसार यो धम्कीपूर्ण पत्र बान्द्राको ब्यान्डस्ट्यान्ड प्रोमेनेडमा भेटिएको छ। यो चिठी सलमानका बुबा सलिम खानका गार्डले पाएका थिए, जहाँ सलिम हरेक दिन बिहानको पैदल यात्रा पछि बस्न जान्छन ।



    यो पत्रमा सलमान र सलीम खानलाई सिद्धु मूसेवालाको जस्तै हालत बनाउने धम्की दिइएको बताइएको छ । चिठ्ठीमा लेखिएको छ, ‘तपाईको हालत सिद्धु मूसेवाला जस्तो हुनेछ ।’

    पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यापछि मुम्बई प्रहरीले यसअघि सलमान खानको सुरक्षा बढाएको थियो ।

    मूसेवालाको हत्या  लरेन्स बिश्नोई ग्याङ्स्टरले जिम्मा लिएको थियो । त्यही बिश्नोईले सन् २००८ मा सलमान खानलाई मार्ने धम्की दिएका थिए ।

    यही कारण मुम्बई प्रहरीले सलमानको सुरक्षा बढाएको छ । मुम्बई प्रहरीको निर्णयपछि अब सलमानको निजी सुरक्षासँगै केही प्रहरी हवल्दार पनि रहनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार