Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एसपीलाई आईजीपीको चेतावनीपछि क्यासिनोमा छापा, सात नेपाली पक्राउ

    एसपीलाई आईजीपीको चेतावनीपछि क्यासिनोमा छापा, सात नेपाली पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २३ जेष्ठ २०७९
  • 2.3K
    SHARES

    नेपालगञ्ज । बाँकेमा सञ्चालित सात वटा मिनी क्यासिनोहरुसँग सेटिङ मिलाई नेपालीहरुलाई प्रवेश गराएको खुलेपछि बाँकेका एसपी श्यामकृष्ण अधिकारी छानविनको दायरामा तानिएका छन् ।

    आईजीपी धिरजप्रताप सिंहले एसपी अधिकारीलाई अवैध गतिविधि नरोके कारबाही गर्ने चेतावनी दिएपछि अधिकारीले नाटकीय रुपमा क्यासिनोमा छापा मारी सात नेपालीलाई पक्राउ गरेका छन् ।



    पक्राउ पर्नेहरुमा मनोज विक, विपिनसिंह बडुवाल, गणेश शर्मा, सुलभ कार्की, विक्रम क्षेत्री, आकाश सिंह र मोहित शाह छन् । उनीहरु नेपागञ्जस्थित धम्बोजीचोकमा रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित सिटी इ गेमिङ क्लब क्यासिनोबाट पक्राउ परेका हुन् ।



    क्यासिनोमा नेपालीलाई प्रवेश निषेध भएपनि एसपी अधिकारीकै सेटिङमा जुवा खेलाउने गरिएको विभिन्न सञ्चारमाध्यमहरुमार्फत सार्वजनिक भएको थियो । जुन प्रकरणलाई लिएर प्रहरी प्रधान कार्यालयले एसपी अधिकारीमाथि कारबाही गर्ने चेतावनी दिएको थियो ।

    असुलीमा माहिर मानिने अधिकारीले यसअघि प्रहरी प्रधान कार्यालयले दिएको आदेश नमानी निर्वाध रुपमा क्यासिनोहरुमा नेपालीलाई प्रवेश गर्न दिएका थिए । अधिकारीले गृहमन्त्री बालकृष्ण खाँडको नाम बेचेर आफूलाई कसैले केही गर्न नसक्ने भन्दै क्यासिनो दलालहरुसँग उठबस बढाएका थिए ।

    क्यासिनबाट अवैध रुपमा उठाएको पैसा एसपी अधिकारीले पर्वतको बन्जीजम्पमा लगानी गरेको उनी निकट स्रोतले बताएको छ । राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा प्रवेश गरेका एसपी अधिकारी सांसद अपहरण काण्डमा पनि मुछिएका थिए ।

    यसअघि क्यासिनो दलालसँगै एसपी अधिकारी बसेको तस्विर नै सार्वजनिक भएको थियो । नेपालगञ्जको सोल्टी होटलमा रहेको माजोङ मिनि क्यासिनोका एजेन्ट झापाको मेचीनगर–६ काँकडभिट्टाका सुजित तामाङसँग एसपी अधिकारी एउटै सोफामा बसेका थिए ।

    तामाङले त्यतिबेला एसपी अधिकारीलाई ब्रान्डेड रक्सी र मोबाइल ‘गिफ्ट’ दिएका थिए । जुन तस्विरमा प्रष्टै देखिन्थ्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार