Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • संसदमा पुग्यो पल शाह प्रकरण, बलात्कार सम्बन्धि मुद्दामा हदम्याद हटाउन नहुने सांसद चौधरीको तर्क

    संसदमा पुग्यो पल शाह प्रकरण, बलात्कार सम्बन्धि मुद्दामा हदम्याद हटाउन नहुने सांसद चौधरीको तर्क

    अनलाइन नेपाल
  • सोमबार, २३ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नाबालिकामाथि बलात्कारको आरोप लागेर पूर्पक्षका लागि जेल चलान भएका पल शाह बारे संसदमा समेत चर्चा चलेको छ । पीडित भनिएकी नावालिकाको परिवारले मुद्दा फिर्ता लिंदा समेत जेल जीवन विताउन बाध्य शाहको बारेमा एमाले सांसद शान्ता चौधरीले संसदमा आवाज उठाएकी हुन् ।

    बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारकाले विधेयक पेस गरेका बेला महिला सांसदले नै त्यसको विरोध गर्दै उदाहरणका रुपमा पूर्वसभामुख कृष्णबहादुर महरा र पल शाहलाई लिएकी हुन् ।



    एमाले सांसद चौधरीले आज प्रतिनिधिसभामा सो विधेकयमाथिको छलफलमा बोल्दै मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृति बढेको दाबी गरिन् ।



    चौधरीले भावनामा बगेर कानून बनाउँन नहुने भन्दै आफूले धेरै पुरुषहरू पीडित देखेको तर उनीहरूको पक्षमा कानून नरहेको दाबीसमेत गरिन् । सांसद चौधरीले प्रेम सम्बन्धलाई बलात्कारको आरोप लाउने प्रवृत्तिलाई प्रश्रय दिन नहुने बताइन् ।

    चौधरीले भनिन्–‘महिला हुँ भन्दैमा महिलाको भावनामात्र बुझ्ने होइन, पुरुषको भावना पनि बुझ्नुपर्छ । अस्ति भर्खरकै केस पल शाह र सुस्मिताको कुरा जबसम्म मन मिल्यो लभको संज्ञा दिने, स्वार्थ पूरा भएन भने बलात्कारको संज्ञा दिने । हामीले यहि सदनका पूर्वसभामुखको घटना पनि हेरेका थियौं, स्वार्थ मिलुन्जेल कसैलाई पत्तो थिएन, स्वार्थ नमिलेपछि बलात्कारको संज्ञा दिएर ६र६ महिना जेलमा कोचियो ।’

    सांसद चौधरीले बलात्कार मुद्दामा हदम्याद नराखिए मुद्दाको चाङ लाग्ने तर पीडितले न्याय नपाउने बताइन् । उनले भनिन्–‘महिला भएर महिलाको विरुद्धमा बोल्यो भनेर नभन्नुस् । म यो देशको सांसद हो, देशका कानून बनाउन आएको छु । त्यसैले यो कुरा राखिरहेको छु । पुरुषको पीडा कसले बुझ्ने ? पुरुषहरुको पीडाको सन्दर्भमा पनि कानून संशोधन हुनुपर्छ । होला धेरै महिला पीडित होलान् तर, केही पुरुषहरु पनि त पीडित छन् । उनीहरुको न्यायको लागि पनि हामीले आवाज उठाउनै पर्छ ।’

    सांसद चौधरीले विवाहको उमेरहद २० वर्षबाट घटाउनु पर्ने पनि बताइन् । उनले १३ वर्षका बालिकाहरुले पनि बच्चा जन्माएको भन्दै उमेरहद घटाउनुपर्ने माग गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार