Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • उपत्यकामा ४ आना भन्दा कम हुनेगरी जग्गाको कित्ताकाट गर्न नपाइने

    उपत्यकामा ४ आना भन्दा कम हुनेगरी जग्गाको कित्ताकाट गर्न नपाइने

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 1.9K
    SHARES

    काठमाडौँ । अब काठमाडौं उपत्यकामा आवासीय प्रयोजन अर्थात घर बनाउनका लागि ४ आना (१३० वर्गमिटर)भन्दा कम हुनेगरी जग्गाको कित्ताकाट गर्न नपाइने भएको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको भू उपयोग नियमावली २०७९ मा सो व्यवस्था गरिएको हो ।



    तर आकार वा क्षेत्रफल अमिल्दो भई सीमानाको अर्को कित्तासँग मिलान गर्न उपयुक्त देखिएमा भने कित्ताकाट हुन सक्ने व्यवस्था गरिएको छ ।



    यसका लागि सम्बन्धित स्थानीय तहले आवश्यक मापदण्ड निर्धारण गर्न सक्नेछ । त्यस्तै ५०० वर्गमिटरभन्दा सानो कित्ताको हकमा चौडाइभन्दा लम्बाइ चार गुणाभन्दा बढी हुनेगरी कित्ताकाट गर्न पाइने छैन ।

    कृषि क्षेत्रको रुपमा तोकिएको जग्गालाई काठमाडौं उपत्यकामा १५।७३ आना अर्थात ५०० वर्गमिटरभन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने भएको छ ।

    तराई र भित्री मधेशको हकमा भने ६७५ वर्गमिटरभन्दा कम हुनेगरी कित्ताकाट गर्न पाइनेछैन । काठमाडौं, तराई र मधेशबाहेक पहाडी तथा हिमाली भेगमा भने १ हजार वर्गमिटरभन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने सो नियमावलीमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार