Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • यातायात व्यवस्था विभागले भन्यो – इम्बोस्ड नम्बर प्लेट अनिवार्य होइन

    यातायात व्यवस्था विभागले भन्यो – इम्बोस्ड नम्बर प्लेट अनिवार्य होइन

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 1.5K
    SHARES

    काठमाडौँ । यातायात व्यवस्था विभागले सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको बताएको छ ।

    मंगलबार एक विज्ञप्ति जारी गर्दै विभागले साउन १ गते बिहानबाट सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने अनिवार्य नभएको बताएको हो ।



    २०७८ कात्तिक २२ गतेको राजपत्रमा प्रकाशित सूचना बमोजिम ज-जसले इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने थियो, ती सवारीमा यस्ता प्लेट जडान भएका छन् वा छैनन भन्ने कुरामा अनुगमन गर्नुपर्ने देखिएको विज्ञप्तिमा उल्लेख छ ।



    ‘इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय पनि होइन,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सिमित समयमा कार्य पुरा गर्नका लागि आगामी दिनमा यो कार्यको गति तीब्र हुन जरुरी छ, सडकमा गुड्ने सबै सवारीमा साउन १ देखि नै इम्बोस्ड नम्बर अनिवार्य छैन ।’

    हाल दुई लाख ५० हजार प्लेट उत्पादन भएर स्टोरमा रहेको विभागले जनाएको छ । इम्बोस्ड नम्बर प्लेट जडानका लागि पनि सबै पूर्वाधार तयार रहेको विभागको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार