Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • चार चिनियाँ नागरिकसहित ५ जनाबाट पौने चार करोड रुपैयाँ बरामद

    चार चिनियाँ नागरिकसहित ५ जनाबाट पौने चार करोड रुपैयाँ बरामद

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । स्रोत नखुलेको रकमसहित एक नेपाली र चार जना चिनियाँ नागरिकलाई पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरुमा नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ र चार जना चिनियाँ नागरिक रहेका छन्।



    चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।



    नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको बोरामा लुकाई ल्याएको रकम फेला परेको हो। पक्राउ परेका गुरुङ भने गाडीका चालक हुन्।

    क) पक्राउ परेका ब्यक्तिहरु:
    १. चाइनिज नागरिक बर्ष ५० को Auang Zaiking ।
    २. चाइनिज नागरिक बर्ष ४९ को Zhan Too ।
    ३. चाइनिज नागरिक बर्ष ३१ को Meng Yun Shun ।
    ४. चाइनिज नागरिक बर्ष २६ को Maujian Hua ।
    ५. जिल्ला नुवाकोट विदुर न.पा. वडा नं. ८ घर भएको बर्ष ४४ को फूल बहादुर गुरुङ ।
    ख) बरामद रकम:
    १. रु. १,०००।- (एक हजार) दरको ३६,४१३ (छत्तीस हजार चार सय तेह्र) थान गरी नगद रु.३,६४,१३,०००।- (तीन करोड चौसठ्ठी लाख तेह्र हजार) ।
    २. रु. ५००।- (पाँच सय) दरको ५००१ (पाँच हजार एक) थान गरी नगद रु. २५,००,५००।- (पच्चीस लाख पाँच सय) ।
    ३. रु. १००।- (एस सय) दरको २ (दुई) थान गरी नगद रु २००।- (दुई सय) ।
    ४. २०।- (बीस) दरको थान १ (एक) ।
    जम्मा नगद रु. ३,८९,१३,७२०।- (अक्षरेपी तीन करोड उनानब्बे लाख तेह्र हजार सात सय बीस )
    पक्राउ परेका निज पाँचै जना, बरामद नगद रकम र BA B 5710 नम्बरको SUVARU कम्पनीको कार सहित थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धिकरण बिभाग पुल्चोक ललितपुर पठाइएको काठमाडाैं प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार