Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • फाप्ला क्रिकेट मैदान पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा शाही

    फाप्ला क्रिकेट मैदान पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा शाही

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा फाप्ला क्रिकेट रंगशाला निर्माण अभियानका अभियान्ता सुवाश शाहीलाई मनोनित गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले युवा तथा खेलकुदमन्त्रालयको सिफारिसमा शाहीलाई अध्यक्षमा मनोनित गरेको हो।

    सरकारले गत बैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ राजपत्रमा प्रकाशित गरेको थियो। उक्त आदेश बमोजिम मन्त्रीपरिषद्ले समितिलाई पूर्णता दिएको हो।



    विकास समिति आदेशमा रंगशाला तथा खेलमैदान निर्माणमा मुख्य कार्यकारी भूमिका रहने समिति ९ सदस्यीय हुने व्यवस्था गरिएको थियो। जसको नेतृत्वका रुपमा फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका परिकल्पनाकार शाहीलाई सरकारले अघि सारेको हो।



    धनगढी मुख्य चौराहादेखि ५ किलोमिटर उत्तरपश्चिममा अवस्थित फाप्ला क्षेत्रको साढे ३८ विघा क्षेत्रफलमा सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम निर्माण गर्ने यसअघि नै टुंग्गो लागिसकेको थियो। फाप्लाको पहिचान देखि जग्गा प्राप्तिसम्म अनवरत रुपमा खटिएका शाही नेतृत्वको विकास समितिलाई उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित विभिन्न खेलका पूर्वाधारहरु निर्माणको जिम्मेवारी हुनेछ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार