Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • पब्जी खेल्न नपाएपछि आफ्नै आमाको गोली हानी हत्या

    पब्जी खेल्न नपाएपछि आफ्नै आमाको गोली हानी हत्या

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । पब्जी खेल्न नपाएपछि आक्रोशित १६ वर्षीय छोराले आफ्नै आमाको गोली हानी हत्या गरेका छन् । त्यसपछि आमाको शवसँगै तीन दिनसम्म घरमै बसे ।

    उनले १० वर्षीया बहिनीलाई पनि धम्की दिए र घरबाट बाहिर निस्कन दिएनन् । शव कुहिएपछि दुर्गन्ध फैलिन थालेपछि सेनामा अधिकारी पितालाई आफैंले फोन गरेर आमाको हत्या गरेको जानकारी दिए । पिताको जानकारीपछि मंगलबार राती प्रहरीले शवलाई घर बाहिर निकाले ।



    नवीन कुमार सिंह, मूल रूपमा वाराणसीका, सेनामा एक जुनियर कमिसन्ड अफिसर हुन् । उनको पोस्टिङ पश्चिम बंगालमा छ । लखनउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीमा उनको घर छ । यहाँ उनकी श्रीमती साधना (४० वर्ष)आफ्ना १६ वर्षीय छोरा र १० वर्षीया छोरीसँग बस्दै आएकी थिइन् ।



    छोराले मंगलबार राती बुबा नवीनलाई भिडियो कल गरेर आमाको हत्या गरेको बताए । उनले बुवालाई शव पनि देखाए । नवीनले एकजना आफन्तलाई तत्कालै फोन गरेर घर घर पठाए ।

     

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार